रविको बहस आज पनि सकिएन, परिवार र वकिलको जिम्मामा छाडियो

शुक्रबार, ११ माघ २०८१, १७ : ३३

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस आज पनि सकिएन । 

सरकारी वकिल र लामिछानेको तर्फका वकिलहरूको बहस नसकिएको हुँदा आइतबारलाई सरेको हो । न्यायधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ । बयान नसकिएपछि उनलाई आज पनि परिवार वकिलको जिम्मामा छाडिएको छ ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गरेका थिए । रुपन्देहीको सुप्रिम बचत तथा सरकारी रकम अपचलन मुद्दामा उनी गत बिहीबार बुधवार हाजिर भएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका  थिए ।

शुक्रबार, ११ माघ २०८१, १७ : ३३

प्रतिक्रिया