पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च

शुक्रबार, ११ माघ २०८१, १८ : १९

काठमाडौं - कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७६\७७ देखि आर्थिक वर्ष २०८०\०८१ सम्ममा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।

सो अवधिमा कृषि सामाग्री कम्पनीले ५५ अर्ब ०९ करोड ६४ लाख ७९ हजार रुपैयाँको रासायनिक मल आयात गरेको हो भने, साल्ट ट्रेडिङ कम्पनीले ३२ अर्ब २६ करोड ३२ लाख ९४ हजार रुपैयाँको मल आयात गरेको मन्त्रालयले जनाएको छ । यी दुई कम्पनीले सरकारी अनुदानमा नेपालमा रासायनिक मल भित्र्याउँदै आएका छन् ।

आर्थिक वर्ष २०७६\७७ मा ८ अर्ब ३१ करोड ५० लाख १८ हजार रुपैयाँ रासायनिक मलमा खर्च भएको छ । यस्तै, आर्थिक वर्ष ७७\७८ मा ९ अर्ब ३० करोड ८० लाख ८१ हजार रुपैयाँको रासायनिक मल आयात गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८\७९ मा १४ अर्ब ३९ करोड ६७ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आर्थिक वर्ष २०७९\८० मा ३० अर्ब ९६ करोड ७५ लाख ४९ हजार रुपैयाँको रासायनिक मल आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०८०\८१ मा २४ अर्ब ३७ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको रासायनिक मल आयात गरिएको मन्त्रालयको तथ्यांक छ । 
 

शुक्रबार, ११ माघ २०८१, १८ : १९

प्रतिक्रिया