काठमाडौं - चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा १ अर्बभन्दा बढीको सिमेन्ट निर्यात भएको छ ।
६ महिनामा १ अर्ब ३७ करोड ९० लाख ७७ हजार रुपैयाँको ९०३९७३.४७ मेट्रिक टन सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।जसमध्ये ८८ करोड ३५ लाख ९० हजार रुपैयाँको ४४९३५१ मेट्रिक टन पोर्टल्याण्ड सिमेन्ट, ४९ करोड ५४ लाख ७६ हजार रुपैयाँको ४५४६२२ मेट्रिक टन सिमेन्ट क्लिंकर निर्यात भएको छ ।
साथै ११ हजार रुपैयाँको ४७५ किलो हाइड्रोलिक सिमेन्ट निर्यात भएको विभागले जनाएको छ ।
प्रतिक्रिया