काठमाडौं - यो साता पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा साताको अन्त्य सम्ममा सुनको मूल्य प्रतितोला ३५ सय रुपैयाँले वृद्धि भएको हो ।
माघ ६ गते आइतबार छापावाल सुनको मूल्य १ लाख ५७ हजार १ सय रुपैयाँ थियो । शुक्रवार मूल्य बढेर प्रति तोला १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो । सोमबार सुनको मूल्य १ लाख ५७ हजार थियो भने मंगलबार यो बढेर १ लाख ५८ हजार १ सय पुगेको थियो ।
माघ ९ गते बुधवार सुनको मूल्य पुनः बढेर १ लाख ६० हजार पुगेको थियो । बिहीबार भने सुनको मूल्य केही घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ भएको थियो ।
सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एकै दिन प्रतितोला ११ सय रुपैयाँ बढेको थियो । बुधवार प्रतितोला एक हजार नौ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भयो । बिहीबार भने सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो । साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो ।
उता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँ रहेकोमा माघ ११ गते शुक्रवार यसको मूल्य १ हजार ८८० पुगेको संघले जनाएको छ ।
प्रतिक्रिया