विश्वकप क्रिकेटः पहिलो जितको खोजीमा श्रीलंका र अफगानिस्तान

४ बर्ष अगाडि

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्दै छन् ।

कार्डिफस्थित सोफिया गार्डेनमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । यो खेलमा अफगानिस्तान र श्रीलंका दुवै पहिलो जितको खोजीमा हुनेछन् ।

दुवै टिमले पहिलो खेलमा हार भोगेका थिए । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया