नेपाल फाइनान्सको ३२औं वार्षिक साधारण सम्पन्न

आइतबार, १३ माघ २०८१, १२ : ३०

काठमाडौं - नेपाल फाइनान्स कम्पनीको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

सभा माघ ८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष हिरेन्द्रमान प्रधान, सञ्चालकहरू दिप्रश शाक्य, राजन प्रजापती, बिकेश शाक्य र लक्ष्मी महर्जनको उपस्थिति रहेको थियो । सेयरधनीहरू ७५ हजारको उपस्थिति रहेको थियो ।

आइतबार, १३ माघ २०८१, १२ : ३०

प्रतिक्रिया