माघ १६ र १७ गते देशभर सार्वजनिक बिदा, सेयर कारोबार नहुने

आइतबार, १३ माघ २०८१, १५ : २५

काठमाडौं - सरकारले माघ १६ र १७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

राजपत्रमा प्रकाशित सूचना अनुसार माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनम ल्होसारको अवसरमा देशभर बिदा रहने भएको हो। सहिद दिवसका दिन राष्ट्रप्रति जीवन अर्पण गर्ने शहिदहरूको सम्झनामा देशभर श्रद्धाञ्जलि अर्पण गरिनेछ भने सोनम ल्होसारका अवसरमा ल्होपा समुदायले आफ्नो नयाँ वर्ष पर्व मनाउने छन्।

बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार लगायतका प्रमुख सार्वजनिक सेवा प्रदायक संस्थाहरू बन्द रहनेछन्।

आइतबार, १३ माघ २०८१, १५ : २५

प्रतिक्रिया