आफ्नो खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आशा लघुवित्तको आग्रह

आइतबार, १३ माघ २०८१, १६ : २६

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमा खाता भएका उच्च पदस्थ व्यक्तिहरू तथा अन्य सदस्यहरूलाई खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थामा खाता भएका उच्च पदस्थ तथा सम्पूर्ण सदस्यहरूलाई राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।

 

 

आइतबार, १३ माघ २०८१, १६ : २६

प्रतिक्रिया