काठमाडाैं- नेपाल राष्ट्र बैंकले २०८१ माघ १४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहे पनि युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, र साउथ कोरियन वनको मूल्य वृद्धि भएको छ। तर, स्विस फ्र्याङ्क, क्यानेडियन डलर, र स्विडिस क्रोनरको मूल्यमा गिरावट आएको छ। अन्य विदेशी मुद्राको भाउ भने स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा रहेको छ। युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा तोकिएको छ। बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ ८० पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा कायम भएको छ।
स्विस फ्र्याङ्कको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६१ पैसा घटेको छ भने अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा कायम भएको छ। साउदी रियालको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा रहेको छ।
युएई दिरामको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा छ भने मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ।
कुवेती दिनारको खरिददर ४४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६७ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७२ पैसा तोकिएको छ। ओमनी रियाल एकको खरिददर ३५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १५ पैसा कायम भएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सकिने जानकारी गराएको छ। अद्यावधिक विवरणका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न सकिनेछ।
प्रतिक्रिया