काठमाडाैं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको अधिकतम रकम वृद्धि गरी पाँच लाख पुर्याइने घोषणा गरेका छन्। आज भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले बिरामीलाई थप राहत दिन बीमा रकम वृद्धि गर्ने तयारी भइरहेको जानकारी दिए।
“स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, जसले बिरामीलाई ठूलो सहयोग गर्नेछ,” उनले बताए। साथै, बीमा सेवालाई प्रभावकारी बनाउन एकीकृत र एकद्धार प्रणालीबाट मात्रै सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
मन्त्री पौडेलका अनुसार बीमाको दायरा विस्तार गर्न र व्यवस्थापनलाई चुस्त बनाउन सरकार प्रतिबद्ध रहेको छ। “स्वास्थ्य बीमा रकमलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित अघि बढिरहेको छु,” उनले भने।
स्वास्थ्य बीमा कार्यक्रमले देशभरका सर्वसाधारणलाई स्वास्थ्य सेवामा पहुँच सहज बनाउने लक्ष्य राखेको छ। यस कदमले विशेषगरी आर्थिक रुपमा कमजोर वर्गलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया