भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान

सोमबार, १४ माघ २०८१, १३ : २२

काठमाडौं - ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान भएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भारतले निर्धारण गरेको गहुँ निर्यातको ९० हजार मेट्रिक टनको कोटा अनुसार गहुँ आयातका लागि इच्छुक व्यक्तिसँग आवेदन माग गरेको हो । 

इच्छुक व्यक्तिले कम्तीमा १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टन आयातका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ । प्रस्ताव पेस गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी १ करोड रुपैयाँ हुनुपर्ने, वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ । आयात अनुमति पाउने कम्पनीले तोकिए बमोजिमको परिमाण तीन महिनाभित्र आयात गरिसक्नुपर्ने उल्लेख गरिएको छ ।  

त्यसरी अनुपात गरिएका कम्पनीले आयात, बिक्री र मौज्दातसम्बन्धी विवरण साप्ताहिक रूपमा विभागलाई पेस गर्नुपर्ने समेत उल्लेख गरिएको छ । यस्तो विवरणको अनुगमन विभागले गर्नेछ । 

सोमबार, १४ माघ २०८१, १३ : २२

प्रतिक्रिया