कास्की अदालतको आदेशविरुद्ध रवि लामिछानेले पेस गरेको निवेदन दर्ता

सोमबार, १४ माघ २०८१, १४ : ४६

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । 

सभापति लामिछानेले पेस गरेको निवेदन केही बेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो ।  कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।

जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त  बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी दाबी गरेका छन् । 
 

सोमबार, १४ माघ २०८१, १४ : ४६

प्रतिक्रिया