काठमाडाैं- नेपाली बजारमा सुनको मूल्य लगातार घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा थप ९ सय रूपैयाँले घटेको छ।
आज नेपाली बजारमा छापावाल सुन तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले घटेको थियो भने आइतबार २ सय रूपैयाँले गिरावट आएको थियो।
सुनको मूल्यमा आएको यो लगातारको गिरावटले बजारलाई प्रभावित बनाएको छ। व्यापारिक क्षेत्रका साथै व्यक्तिगत खरिदकर्ताहरूले पनि सुनको मूल्य घटबढलाई चासोका साथ हेरिरहेका छन्।
प्रतिक्रिया