काठमाडौं – सरकारले सामाजिक सञ्जालमा ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको नयाँ विधेयक संघीय संसद्मा दर्ता गरेको छ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था समावेश छ।
‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा लेखिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।’
यस विधेयकमा पनि भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रसार गर्नु, निषेध गरिएका वस्तुहरूको विज्ञापन र कारोबार गर्नु जस्ता गतिविधिहरूलाई रोक्नका लागि व्यवस्था गरिएको छ। यद्यपि, जरिवाना लागु गर्नुअघि आरोपीलाई सफाइको अवसर दिइने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ।
प्रतिक्रिया