गृहमन्त्री लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट

मंगलबार, १५ माघ २०८१, १४ : ५७

काठमाडौं- गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले  शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय,  कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए ।

मंगलबार, १५ माघ २०८१, १४ : ५७

प्रतिक्रिया