धौलागिरी लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक

मंगलबार, १५ माघ २०८१, १५ : २७

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आ.व.२०८१\०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिवेदन प्रकाशित गरेको छ । 

धौलागिरी लघुवित्त वित्तीय संस्थाले वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार गरी अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय  अवस्था सन्तोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो त्रैमासमा उल्लेखनीय सुधार गरी ६ करोड ४१ लाख ब्याज आम्दानी गरी रु. २० लाख ८१ हजार खुद नाफा कमाएको छ । 

त्यस्तै नाफा कमाउँदा प्रति शेयर आम्दानी १.५६ रहेको छ । खराब कर्जा असुलीमा पनि सुधार गर्दै संस्थाको खराब कर्जा ५.५० प्रतिशतमा रहेको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशीले संस्थाको नेतृत्व लिएसँगै यस अवधिमा संस्थामा कार्यरत कर्मचारीहरूको आत्मबल साथै उत्प्रेरणा बढेकाले संस्थाको नामामा उल्लेख्य सुधार आएको हो । 

संस्थाले शाखा प्रमुख तथा कर्मचारी लगायत सम्पूर्ण फिल्ड सहायक कर्मचारी सहितको तालिम समेत आयोजना गरी कर्मचारीहरूको वित्तीय सुरक्षा मनोबल उच्च पादै आइरहेको छ ।

यस अवधि भित्रमा यस वित्तीय संस्थाले देश भरिमा २६ जिल्लामा ५८ वटा शाखा कार्यालयहरू मार्फत ४० हजार ७३३ जान विपन्न घरपरिवारमा सेवा पुर्‍याउदै  २ अर्ब १६ करोड ४१ लाख ५६ हजार कर्जा लगानी र ८१ करोड २२ लाख ९१ हजार बचत संकलन गरेको छ ।

Dhorpatan 15 Magh 20813 (1)

मंगलबार, १५ माघ २०८१, १५ : २७

प्रतिक्रिया