प्रधानमन्त्री ओलीले दिए सोनाम ल्होसारको शुभकामना

विहीबार, १७ माघ २०८१, १० : ४७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना व्यक्त गरेका हुन् । उनले परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्बिर राख्दै सोनाम ल्होसार मनाउने सबैमा शुभकामना व्यक्त गरेका हुन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात्  सोनाम ल्होछार ! हाम्रो  सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ( ल्हास्सो, फ्याफुल्ला )’ 

विहीबार, १७ माघ २०८१, १० : ४७

प्रतिक्रिया