काठमाडौं - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सिपा धुसेनीस्थित नयाँपानीमा पानी पलाएको छ ।
यहाँ प्रत्येक बाह्र वर्षको अन्तरालमा हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिलामा यस वर्ष यहाँ पानी पलाएको हो । अघिल्लो वर्ष पानी पलाउनु पर्ने भए पनि नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा गरेको थियो ।
क्षमा पूजापछि नयाँपानी क्षेत्रमा बुधवार पानी पलाएको सो वडाका वडाध्यक्ष शशिनाथ आचार्यले बताए। पानी पलाएपछि स्थानीयवासी हर्षित भएका छन् । यहाँ पानी पलाएपछि गाउँघरमा विभिन्न रोग नष्ट हुने विश्वास गरिन्छ । नयाँपानीमा प्रत्येक बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।
प्रतिक्रिया