६ महिनामा १६ अर्बको स्मार्टफोन र १८ करोडको स्मार्ट वाच आयात

विहीबार, १७ माघ २०८१, १३ : २४

काठमाडौं - नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्बभन्दा बढीको स्मार्ट फोन र १८ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ । 

भन्सार विभागको पुस मसान्तसम्मको तथ्यांकअनुसार, १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्ट फोन आयात भएको छ । उक्त फोन आयात हुँदा ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

सोही अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख ७ हजार ७८९ थान स्मार्ट वाच आयात भएको छ । उक्त स्मार्ट वाच आयात हुँदा ५ करोड ६८ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 
 

विहीबार, १७ माघ २०८१, १३ : २४

प्रतिक्रिया