६ महिनामा ३४ करोड ८६ लाखको लेज तथा कुर्कुरे आयात

विहीबार, १७ माघ २०८१, १३ : ४५

काठमाडौं - नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा ३४ करोड भन्दा बढीको लेज र कुर्कुरे आयात भएको छ।

साउनदेखि पुस मसान्तसम्मको अवधिमा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको ६ लाख ७१ हजार १९४ किलो लेज, कुर्कुरे र कुर्मुरे आयात भएको भन्सार विभागले जनाएको छ । उक्त लेज तथा कुकुरे आयातबाट २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

उक्त लेज, कुर्कुरे भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया, भारत लगायत ९ मुलुकबाट आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको तथ्यांक मा उल्लेख छ । 
 

विहीबार, १७ माघ २०८१, १३ : ४५

प्रतिक्रिया