सल्यान - साविक राप्ती अञ्चलको पहाडि जिल्ला सल्यानमा यस वर्ष अदुवा बिक्रीबाट ४१ करोड रुपैयाँ भित्रिएको छ । यस वर्ष सल्यानमा २१ हजार मेट्रिक टन अदुवा उत्पादन भएको छ । शारदा नगरपालिका १४ र १५ स्थित माल्नेटा अदुवा उत्पादनको प्रमुख केन्द्रका रूपमा चिनिन्छ । त्यहा ५ सय भन्दा बढी किसान १ हजार ४२० हेक्टर क्षेत्रफलमा अदुवा खेती गर्दै आएका छन् ।
अदुवा खेतीबाट स्थानीय किसानहरु आत्मनिर्भर बन्दै गएका छन् । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीका अनुसार माल्नेटामा उत्पादन हुने बोसे अदुवा गुणस्तरीय हुने भएकाले देशभित्र र बाहिर दुवैतिर यसको माग बढेको छ ।
रासस
प्रतिक्रिया