काठमाडौं - फेसबुक बुस्टिङ्ग गरेर व्यापार बढाउने भन्दै प्रचार गर्ने विज्ञापन ऐजेन्सीहरुको ठगी धन्दा काठमाडौंमा निकै मौलाएको छ । Nestral Advertising नाम गरेको संस्थाले पेज Boosting गर्ने भनेर आफ्नो खातामा पैंसा हाल्न लगाइ ठगी गरेको थाहा हुन आएको छ ।
आफ्नो पेज Boost नभएपछि पैंसा फिर्ता गर्न भनेको र दुई चार दिनमा Refund हुन्छ भनेको पीडितले आजको अर्थलाई बताएका छन् । तर महिनौं बित्दा पनि पैंसा फिर्ता नभएको उनले बताए । अहिले फोन गर्दा फोन पनि उठिरहेको छैन । Nestral Advertising को मोबाइल नम्बर ९८१८३०००२० मा फोन गर्दा पहिले हुन्छ, फिर्ता गरिदिन्छु भने पनि अहिले उक्त फोन उठ्ने गरेको छैन ।
पीडितले दीपुकृष्ण डंगोलको प्राइम बैंकमा रहेको खाता नम्बर १४५०१०००००००२२१२०१२६ को QR मा पैंसा हाल्न लगाएको बताएका छन् । पैंसा हालेको विवरण आजको अर्थसँग सुरक्षित छ । ठगीका विरुद्ध पीडितले साइबर क्राइम र अनलाइन ठगीमा मुद्धा हाल्ने तयारी गरेको बताएका छन् ।
प्रतिक्रिया