काठमाडाैं- देशभर पश्चिमी वायुको प्रभाव देखिएको छ। कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहे पनि बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराईका धेरै स्थानमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित हुनसक्ने देखिन्छ।
विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ। राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ, बाँकी स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। शनिबार बिहान तराईका धेरै स्थानमा बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने चेतावनी दिँदै सतर्कता अपनाउन अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम ५ देखि ७ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। बिहान चिसो महसुस भए पनि दिउँसो घाम लाग्ने सम्भावना रहेको छ। बिहानको समयमा हुस्सुका कारण सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले यात्रा गर्दा अतिरिक्त समय छुट्याउनु उचित हुनेछ। जाडोबाट बच्न गर्म कपडाको प्रयोग गर्न तथा किसानहरूलाई बाली तथा पशुपंक्षीको विशेष ख्याल राख्न सुझाव दिइएको छ।
प्रतिक्रिया