बाग्मती प्रदेशसभाको बैठक आज

शुक्रबार, १८ माघ २०८१, १० : २७

काठमाडौं - बाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरेबमोजिम बैठक बस्न लागेको हो

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता गराएको छ ।

शुक्रबार, १८ माघ २०८१, १० : २७

प्रतिक्रिया