गणपति लघुवित्तको नाफामा १४.९७ प्रतिशतले वृद्धि

शुक्रबार, १८ माघ २०८१, १० : २८

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

संस्थाले सो अवधिमा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आवको दोस्रो त्रैमासमा सञ्चालन नाफा १ करोड ५३ लाख रुपैयाँ थियो भने चालु आवमा यो १ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी पनि गत आवको ५ करोड २५ लाख रुपैयाँबाट बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ।

कम्पनीको कर्जा प्रवाह भने २ अर्ब ५ करोडबाट बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ८३ लाख ३० हजार रुपैयाँ र रिजर्भ ४ करोड २ लाख रुपैयाँ रहेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ८३ लाख ३० हजार रुपैयाँ रहेको छ।  खराब कर्जा ४ दशमलव १३ प्रतिशत छ।
 

शुक्रबार, १८ माघ २०८१, १० : २८

प्रतिक्रिया