‘रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी हुन्'

४ बर्ष अगाडि

एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । पोर्चुगलका पूर्व सहयात्री नानीले रोनाल्डोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले युभेन्टसलाई सिरी ‘ए’ र कोपा इटालिया जिताएको स्मरण गर्दै उनी अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

रोनाल्डोले यो सिजन युभेन्टसबाट ४३ खेलमा मात्रै २८ गोल सफल भएका थिए । यो पाँचपटकको बालोन डि’ओर विजेता रोनाल्डोको सन् २००८र०९ को सिजनपछिको सबैभन्दा कम स्कोर हो । उनले त्यतिबेला म्यानचेस्टर युनाइटेडका लागि मात्रै २६ गोल गरेका थिए ।

एमएलएस क्लब ओरलान्डो सिटीका नानीले ओमिनी स्पोर्टस्सँग भने, ‘रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी हो भन्नेमा कुनै शंका छैन । यो सिजन युभेन्टसमा कम स्कोर गरेपनि उनले युभेन्टसमा सफल सिजन बिताए । इटालीमा फरवार्डलाई खेल्न गाह्रो पक्कै छ । उनले यसपटक त्यही महसुस गरे । अर्को सिजन उनले धेरै गोल गर्नेछन् । म रोनाल्डोमा विश्वस्त छु ।’

४ बर्ष अगाडि

प्रतिक्रिया