काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफामा ९४ दशमलव २१ प्रतिशतको वृद्धि भएको छ। गत वर्षको समान अवधिमा कम्पनीले ४ करोड १५ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो। यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी ९४ करोड ३९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८५ करोड ७० लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ छ ।
सेयर प्रिमियम रकम ८ लाख ६८ हजार रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटर्न अर्निग १० करोड १७ लाख रुपैयाँभन्दा बढी छ । कम्पनीको जगेडा कोष रकम १७ करोड २६ लाख रुपैयाँभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कम्पनीले यस अवधिसम्म कम्पनीले १९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ११ दशमलव ३६ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष घटेर ८ दशमलव २८ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा छ ।
प्रतिक्रिया