चेल्सी छाड्ने सारीको...

४ बर्ष अगाडि

एजेन्सी – युभेन्ट्सको प्रशिक्षक बन्ने सम्भावना देखिएपछि माउरिजियो सारीले आफुलाई चेल्सीले सम्झौताबाट अलग गर्ने विश्वास राखेका छन् ।

स्टामफोर्ड ब्रिजको पहिलो सिजनमा सारीले चेल्सीलाई प्रिमियर लिगको तेस्रो स्थान दिलाउँदै आउने सिजनका लागि च्याम्पियन्स लिगमा छनोट गराएका छन् । खेल जीवनमा पहिलो पटक महत्वपूर्ण उपाधि जित्ने क्रममा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । सारी त्यस्ता प्रशिक्षकका रुपमा चेल्सीमा रहे जसले सुरुवातबाट लगातार क्लबका समर्थकहरुको आलोचना खेप्नु पर्यो । सायद त्यसै कारण पनि होला उनी सिरि ए विजेता युभेन्ट्स जान चाहन्छन् ।

६० वर्षे उनले चेल्सीकी निर्देशक मारिना ग्रानोभास्काइयासँग चेल्सी छाड्न चाहेको बताएका छन् । उनले सारीलाई त्यो विषयमा क्लबका मालिक रोमन इब्रामोभिचसँग छलफल गर्ने आश्वसन दिएकी छिन् । अर्को तिर खेल जीवनको अधिकांश समय चेल्सीमा बिताएका डर्बी प्रशिक्षक फ्रान्क लाम्पार्डलाई क्लबले नयाँ प्रशिक्षकका रुपमा भित्राउने सम्भावना रहेको पनि बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया