भक्तपुर जिल्ला अदालतमा आशिका तामाङविरुद्ध आज थुनछेक

शुक्रबार, १८ माघ २०८१, १२ : ५०

काठमाडौं - आशिका तामाङलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ । उनीविरुद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गरेको थियो । 

१४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी बुझाएर छुटेपछि उनी पुन पक्राउ परेकी थिइन् । साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । 

आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।
 

शुक्रबार, १८ माघ २०८१, १२ : ५०

प्रतिक्रिया