काठमाडौं - प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।
उनले संसद बैठकको कार्यसूचीमै दलीय आधारमा बोल्न पाउने समय मिलाइएको भन्दै सोही क्रममा आफ्ना धारणा राख्न रास्वपाका सांसदलाई भनेका हुन् ।
प्रतिक्रिया