माैसम पूर्वानुमान

पश्चिमी वायुको प्रभाव : उपत्यकामा चिसो बढ्दा तराईमा घना कुहिरो

शनिबार, १९ माघ २०८१, ०६ : २५

काठमाडाैं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। अन्य प्रदेशहरूको मौसम मुख्यतया सफा रहनेछ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रममा पनि परिवर्तन देखिएको छ। आज बिहान ६:२३ बजे यहाँको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ। आजको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। हिजो शनिबार काठमाडौँको अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस थियो। मौसमविद्हरूका अनुसार राति आकाश बादलले ढाक्दा न्यूनतम तापक्रम बढ्ने र दिनमा घाम लाग्न नपाउँदा अधिकतम तापक्रम घट्ने गर्दछ।

यसैबीच, बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक क्रियाकलापमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। विशेषगरी, यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

शनिबार, १९ माघ २०८१, ०६ : २५

प्रतिक्रिया