भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला

शनिबार, १९ माघ २०८१, १० : ०८

काठमाडौं - कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी सडक पेटीमा मृत फेला परेका छन् ।

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए ।

जोशीका अनुसार हिँड्दाहिँड्दै लडेको जस्तो अवस्था देखिन्छ, भने शरीरमा कुनै चोटपटक देखिँदैन । उनको घर पनि सोही क्षेत्रमा पर्दछ । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।

शनिबार, १९ माघ २०८१, १० : ०८

प्रतिक्रिया