काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएकाे आशंका गरिएको छ ।
तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
गम्भीर घाइते अवस्थामा भेटिएका दिनेशलाई बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले बताएका छन् । हाल दिनेशको शव बाह्रविसे अस्तालमा रहेको र प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको छ ।
भोटेकोशी १ कोदारीका दिनेश वडा नम्बर २ को भ्यु प्वइन्ट नजिक घाइते अवस्थामा भेटिएका थिए ।
प्रतिक्रिया