महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग

शनिबार, १९ माघ २०८१, १३ : ०४

काठमाडौं - गरिबी र रोगले गाँजेका महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छन् । क्षयरोग पुष्टि भई उपचारका क्रममा औषधि सेवन गरिरहेकालाई पोषणयुक्त खाद्य सहयोग प्रदान गरिएको हो ।

यस्तो सहयोग विपन्न, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र बेरोजगारलाई प्रदान हुँदै आएको छ ,।  गौशाला, रामगोपालपुर, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकामा यो कार्यक्रम कार्यान्वयन भएको छ । यो वर्ष ८०  जना कार्यक्रममा समेटिएका छन् । लाभग्राहीलाई छ पटकसम्म पोषक तत्व प्रदान गरिन्छ । क्षयरोगीले औषधी खानअघि खानुपर्ने पोषणयुक्त खानेकुराको अभाव हुन नदिनु कार्यक्रमको उद्देश्य हो ।

रामगोपालपुर नगरपालिकाका अनुसार पोषण सामग्रीमा चामल २५ किलोग्राम  दाल एक किलो, तोरीको तेल एक लिटर, चना एक किलो ५०० ग्राम, गहुँको पिठो एक किलो र मांसाहारीलाई एक क्यारेट अण्डा तथा शाकाहारी भए एक किलो सोयाबिन समावेश गरिएको छ । रोगीआश्रित पाँच वर्ष मुनिका बालबालिका भए थप दुई किलो सर्वोत्तम पिठो पनि प्रदान गरिन्छ ।- रासस

शनिबार, १९ माघ २०८१, १३ : ०४

प्रतिक्रिया