काठमाडौं- नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभागमा १० सदस्य मनोनीत गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम विभागका सदस्य थप गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य श्री नृपबहादुर वड प्रमुख रहेको उक्त विभागमा राजकुमार पाण्डे, ज्ञानबहादुर शाही, देवकीदेवी सिंह, कल्पना श्रेष्ठ, श्यामकृष्ण महर्जन मनोनीत भएका छन् ।
त्यस्तै, थपिएका अन्य सदस्यमा सरिता बीसी, विजयजंग बस्नेत, प्रेमबहादुर विक, सञ्जीव पुडासैनी र सपुतबहादुर कार्की रहेका छन्।
प्रतिक्रिया