अध्यादेशले सहकारीको विकृति अन्त्य गर्छ : देउवा

शनिबार, १९ माघ २०८१, १५ : ५८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीसम्बन्धी अध्यादेशबाट उक्त क्षेत्रका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको बताएका हुन्।

सहकारीमा लाखौँ बचतकर्ताको रकम सञ्चालकले अपचलन भएको भन्दै उनले त्यसको सुरक्षाको ‘ग्यारेन्टी’ गराउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रले नै गति लिने उनले बताए ।

उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेको धारणा व्यक्त गरे । कांग्रेसले सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्‍याउन खोजेको उनले बताए । 
 

शनिबार, १९ माघ २०८१, १५ : ५८

प्रतिक्रिया