ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति

शनिबार, १९ माघ २०८१, १६ : ३९

काठमाडौं -  स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । 

काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
 

शनिबार, १९ माघ २०८१, १६ : ३९

प्रतिक्रिया