कावासोती नगरपालिकाका वडाध्यक्ष मियाँको निधन

शनिबार, १९ माघ २०८१, १६ : ५०

काठमाडौं - नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ । 

शनिवार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए ।

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेको सदस्य गिरीले बताए । 

३७ वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । 

शनिबार, १९ माघ २०८१, १६ : ५०

प्रतिक्रिया