काठमाडाैं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा कुहिरो लागेको छ।
काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम २२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। हाल उपत्यकामा हल्का कुहिरो लागेको छ।
आगामी २४ घण्टामा देशका तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया