सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर : सीए र सेमी क्वालिफाइड सीएका लागि आवेदन खुला!

आइतबार, २० माघ २०८१, ०७ : ४७

काठमाडाैं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि रोजगार अवसर खुला गरेको छ।

बैंकका अनुसार सेमी क्वालिफाइड सीएका उम्मेदवारले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN) वा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (ICAI) बाट कम्तीमा सीएपी वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आज माघ २० गतेसम्म सांग्रिला डेभलपमेन्ट बैंकको इमेल ठेगाना मार्फत आवेदन पेश गर्न सक्नेछन्।

बैंकिङ क्षेत्रमै करियर बनाउन चाहने सीए तथा सेमी क्वालिफाइड सीएहरूका लागि यो सुनौलो अवसर हुन सक्छ।

आइतबार, २० माघ २०८१, ०७ : ४७

प्रतिक्रिया