यातायात कार्यालय जुम्लामा ६ महिनामा ६७ लाख राजस्व संकलन

आइतबार, २० माघ २०८१, १० : ४५

काठमाडौं- यातायात व्यवस्था कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुससम्ममा ६७ लाख ४४ हजार राजस्व संकलन भएको हो ।

चालु आ.वको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ रु १० लाख ४२ हजार, चालक अनुमतिपत्र (लाइसेन्स(, सवारीसाधन दर्ता किताब (ब्लुबुक) दस्तुर रु ३० लाख ३५ हजार र सवारी साधन करतर्फ रु २६ लाख ६६ हजार राजस्व संकलन भएको छ । यस्तै, चालु आवको सो अवधिमा पुस मसान्तसम्म एक सय १३ वटा सवारीसाधन दर्ता भएका छन् ।

कार्यालय स्थापनादेखि हालसम्म निजी र सरकारी सवारीसाधन गरी तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

आइतबार, २० माघ २०८१, १० : ४५

प्रतिक्रिया