नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधि सभामा दर्ता

आइतबार, २० माघ २०८१, १३ : ०७

काठमाडौंं - सरकारले शनिवार संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा दुई विधेयक दर्ता गराएको हो । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको हो। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले दुई विधेयक दर्ता गराएका हुन् । दर्ता भएको विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ रहेका छन् ।

हाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामक निकायको भूमिका खेल्दै आएको छ । शनिवार दर्ता भएको विधेयक पास भए प्राधिकरण टुक्राउने बाटो खुल्ने छ ।

यसअघि पनि तत्कालीन मन्त्री योगेश भट्टराईले २०७६ सालमा विधेयक दर्ता गराएका थिए । राष्ट्रिय सभामा दर्ता गरिएको उक्त दुवै विधेयक २०७८ सालमा सरकारले फिर्ता लिएको थियो ।
 

आइतबार, २० माघ २०८१, १३ : ०७

प्रतिक्रिया