सहकारी ठगी प्रकरण : म्याग्दीका जिसस प्रमुख पक्राउ

आइतबार, २० माघ २०८१, १३ : ५९

काठमाडौं - म्याग्दी जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापालाई  प्रहरीले पक्राउ गरेको छ।

सहकारीको बचत रकम अपचलन आरोपमा आइतबार उनलाई पक्राउ गरेको  प्रहरीले जनाएको छ । जिसस प्रमुख थापा सहित मन प्रसाद थजाली, रुद्र बहादुर गुरुङ, थम बहादुर गर्वुजा र देवी कुमारी थापा पक्राउ परेका छन् । 

उनीहरुमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको आरोप छ । उनीहरूलाई म्याग्दी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई नियन्त्रणमा लिइएको म्याग्दी प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

 

 

आइतबार, २० माघ २०८१, १३ : ५९

प्रतिक्रिया