रोनाल्डोले ह्याट्रिक गरेपछि...

४ बर्ष अगाडि

सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान पोर्चुगलमा भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गेलले हरायो ।

पेर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले २५औं मिनेटमा फ्रिकिक गोल मार्फत खाता खोलेका थिए । त्यसपछि ५७औं मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । स्वीट्जरल्यान्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीको सदुपयोग गरेका थिए ।

खेलभर सानदार प्रदर्शन गरेका रोनाल्डोले खेलको अन्तिम तीन मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । रोनाल्डोले ८८आंै मिनेटमा बर्नाडो सिल्भाको पासा दोस्रो गोल गरे । उनले ९०औं मिनेटमा कर्नरबाट प्राप्त बलमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस ह्याट्रिकसँगै रोनाल्डोले देशका लागि करिअरको ८८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले देशका लागि ह्याट्रिक संख्या ७ बनाए । समग्रमा उनको ह्याट्रिक गोल संख्या ५३ पुगेको छ । रोनाल्डोले यसै खेलबाट विश्वका विभिन्न ३८ देशविरुद्ध गोल गर्ने खेलाडीको किर्तिमान समेत बनाएका छन् । अब नेसन्स लिगको फाइनलमा पोर्चुगलले इङ्ल्यान्ड र नेदरल्यान्डबीचको विजेतासँग  प्रतिस्पर्धा गर्नेछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया