सरकारी ऋणपत्रको डिम्याटको काम सकियो

सोमबार, २१ माघ २०८१, १५ : २१

काठमाडौं - सरकारले आन्तरिक ऋण प्रयोजनका लागि जारी गरेको ऋणपत्रको अभौतिकीकरण (डिम्याट) सम्पन्न भएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन कार्यालयले यस्तो जानकारी दिएको हो । यस अनुसार अब भौतिक रूपमा रहेका सबै प्रमाणपत्र रद्द भएका छन् ।कार्यालयले प्रमाणपत्रका आधारमा खरिदबिक्री, धितो रोक्का राखी ऋण दिने काम नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ ।
Screenshot 2025-02-03 082116

सोमबार, २१ माघ २०८१, १५ : २१

प्रतिक्रिया