माओवादी प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर, को कहाँ ?

सोमबार, २१ माघ २०८१, १६ : २४

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माओवादी केन्द्रले सोमबार आफ्नो नेताहरूको जिम्मेवारीमा हेरफेर गरेको छ। प्रचण्ड निवास, खुमलटारमा भएको पदाधिकारी बैठकले विभिन्न प्रदेश र उपत्यकामा जिम्मेवारी प्रदान गरेको हो।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ । बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । 

यस्तै गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मालाई नै यथावत राखिएको छ । यस्तै लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ ।

यसैगरी उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्माले जिम्मेवारी पाएका छन् ।


 

सोमबार, २१ माघ २०८१, १६ : २४

प्रतिक्रिया