भोलिदेखि अण्डाको मूल्य बढाउने निर्णय

सोमबार, २१ माघ २०८१, १६ : ४०

काठमाडौं- बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो।

नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो। 

अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। 

भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ।  यो किसानले पाउने मूल्य हो। 

सोमबार, २१ माघ २०८१, १६ : ४०

प्रतिक्रिया