आफ्नो पूर्व विद्यालयलाई स्टेज भवन र खेलमैदान हस्तान्तरण

मंगलबार, २२ माघ २०८१, १० : ३१

काठमाडौं- धनकुटाका विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान र स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।

युकेमा रहदै आएका तिगेलाले छथर जोरपाटी १ को भारती माध्यमिक विद्यालयलाई ५ लाख खर्चमा भवन हस्तान्तरण गरेका हुन् । उनले खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको छेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि प्रवेश गेटमा फलामको ढोका हाल्ने र खेलमैदानको वरिवरि तारजाली लगाउने कार्य सम्पन्न गरी हस्तान्तरण गरेका हुन् ।

Bharati School2 (9)

औपचारिक कार्यक्रमकाबीच तिगेला र उनकी धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन । तिगेलाले सो जग्गा वि.सं २०६९ मा रु १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोहि विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमित्त वि.सं. २०६६ मा रु ५० हजार प्रदान गरेका थिए । उनी विद्यालयलाई उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दाता समेत रहेका थिए । विद्यालय व्यवस्थापन समितिले खेलमैदानको नाम पनि विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन् ।

विद्यालयका प्रधानध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।

तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर नभई आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 

मंगलबार, २२ माघ २०८१, १० : ३१

प्रतिक्रिया