प्रधानमन्त्रीबाट एचपीभी खोप अभियानको शुभारम्भ

मंगलबार, २२ माघ २०८१, १२ : ३९

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका- ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभर एकै पटक सञ्चालन हुनेछ ।

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिइने छ ।
 

मंगलबार, २२ माघ २०८१, १२ : ३९

प्रतिक्रिया