नेपाल टेलिकमले मनायो २१ औं वार्षिकोत्सव

मंगलबार, २२ माघ २०८१, १६ : १८

काठमाडौं – नेपाल टेलिकमले मंगलबार आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । टेलिकमले आफ्नो सेवा अवधिको २१ औं वर्ष पार २२ वर्ष सुरु गरेको अवसरमा वार्षिकोत्सव समापन गरेको हो । 

वार्षिकोत्सव समारोह सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आथित्यतामा केन्द्रीय कार्यालय भद्रकालीमा भएको हो । सरकारी स्वामित्वको एक मात्र दुरसञ्चार कार्यालय टेलिकमले वार्षिकोत्सव गरी १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म लागि विशेष प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । 

साथै टेलिकमले नयाँ सेवा विस्तार अन्तर्गत भिओवाईफाई सेवाको पनि कार्यक्रमका प्रमुख अतिथि तथा सुचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा व्यावसायिक सुरुवात गरेको छ ।समारोहकाबीच टेलिकमले २०१ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक पनि वितरण गरेको थियो । स्थायी सेवामा २० वर्ष अवधि पूरा गरेका कर्मचारीहरुलाई पाँचग्राम सुन र चाँदी मिसिएको तक्मा र सरकारी स्केल अनुसार एक महिनाको थप तलब पनि दिएको हो ।

साथै, बिल भुक्तानीका आधारमा प्रिपेड र पोष्टपेड सेवाका १-१ ग्राहक र सबैभन्दा बढी प्याकेज खरिद गर्ने २ ग्राहकलाई पनि सम्मान गरेको छ ।
 

मंगलबार, २२ माघ २०८१, १६ : १८

प्रतिक्रिया